३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

सरकारलाई संसदीय समितिको निर्देशन – इजरायलमा ज्यान गुमाएका नागरिकको शव तत्काल स्वदेश ल्याउनु



काठमाडौं। संसदीय समितिले इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव तत्काल स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकोे बैठकले इजरायलमा ज्यान गुमाएका नेपालीको शव तत्काल ल्याउन, घाइतेहरूको उपचार गर्न र बेपत्ता भएकाहरूको खोजी गरी स्वदेश आउन चाहनेलाई ल्याउन निर्देशन दिएको हो ।

‘उक्त अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरूको शीघ्र स्वास्थ्य उपचार गर्न, बेपत्ता भएकाहरूको खोजी गर्न, अप्ठ्यारोमा परेका नेपालीको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना राख्ने नेपालीलाई तत्काल फिर्तीको प्रबन्ध पहल गर्न समिति सरकारलाई निर्देश गर्दछ,’ समितिका सभापति राजकिशोर यादवले भने।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ४ : ५३ बजे

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय

विपक्षीको नारावाजीका बीच सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्

ओलीमाथि देउवाको आरोप – ‘आफुले गिरीबन्धु टी-स्टेटको जग्गा वेच्ने, कांग्रेसलाई दोष लगाउने!’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा

संसद बैठक अपरान्ह ४ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ