२३ असार २०८३, मंगलबार | July 8, 2026

अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्प, थप क्षतिको विवरण आउन बाँकी



काबुल । अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्पको धक्का महशुस गरिएको छ । सो भूकम्पले ठूलो क्षति पु¥याएको हुन सक्ने अनुमान गरिएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार अर्थात ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ ।

आज महशुस गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो । अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो र यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दुरीमा आएको थियो । यसबाट भएको क्षतिको बिस्तृत विवरण भने अझै आईसकेको छैन् ।

अफगानिस्तानमा गत साता अर्थात ७ अक्टोबर शनिबारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिइ सकेको छ । सैन्य हस्तान्तरण मार्फत अफगानिस्तानमा शासन गर्ने सरकारले भूकम्पमा परी मृत्यु हुनेको संख्या पुष्टि गरेको छ।

तालिबानले त्यहाँ आएको यो भूकम्प दुई दशकयताकै सबैभन्दा ठूलो भूकम्प भएको बताएको छ । सो भुकम्पमा भएको क्षतिको विवरण संकलन तथा उद्धारको कार्य जारी रहेको बेला पुनः अर्को भुकम्प गएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : ५७ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको