३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

रुपन्देहीको सियारीमा बजार अनुगमन तिव्र, म्याद गुज्रिएका सामाग्री नष्ट



भैरहवा । रुपन्देहीको सियारी गाँउपालिकाले बजार अनुगमन कार्यलाई तिव्रता दिएको छ । सियारी गाँउपालिका तथा गाँउपालिकाको कार्यालयले सियारी वडा नम्बर एकका पसलहरुमा अनुगमन गरेको हो ।

बजार अनुगमनलाई नियमितता दिएको सियारीले वडा नम्बर एकमा रहेका किराना पसल, मिनि मार्ट, मासु पसल, फेन्सी लगाएतका पसलहरुमा अनुगमन गरेको हो ।

पालिकाले वडा नम्बर एकमा रहेका ५० बढी पसलमा अनुगमन गरेको थियो । वडा अध्यक्ष अरुण कुमार शाहि, पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थी, आर्थिक प्रशाशन शाखा प्रमुख नारायण प्रसाद पौडेल, आर्थिक बिकास शाखा प्रमुख गणेशप्रसाद खनाल, बाणिज्य कार्यालय रुपन्देहीका सुचना अधिकारी नारायण पन्थी, पालिकाका बिभिन्न शाखाका प्रतिनिधि लगाएत स्थानिय प्रहरी, नगरप्रहरी लगाएतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

अनुगमन गरिएका मध्ये केहि किराना पसलबाट म्याद गुज्रिएका खाद्य सामाग्री जफथ गरी नष्ट गरिएको पालिकाका प्रमुख प्रशाशकिय पन्थीले जानकारी दिए । अनुगमनका क्रममा बिभिन्न ब्राण्डका मसलाका प्याकेट, काजु, मह, मच्छड धुप लगाएतका म्याद गुज्रिएका सामान फेला पारी नष्ट गरिएको प्रमुख प्रशाशकिय अधिकृत पन्थीले जानकारी दिए ।

‘किराना पसलहरुमा अनुगमन गर्दा हामीले म्याद गुज्रिएका अखाद्य सामाग्री फेला परेका सवै सामाग्रीलाई वडा कार्यालयमा ल्याएर नष्ट गरिएको छ, प्रमुख प्रशाशकिय अधिकृत पन्थीले भन्नु भयो म्याद गुज्रिएका सामानबारेमा सचेत समेका छौ ।
अनुगमन गरिएका मध्ये अधिकांश पसल पालिकामा सुचिकृत नभएको पाईएको आर्थिक बिकास शाखा प्रमुख गणेश प्रसाद खनालले जानकारी दिए । उनले पालिकामा सचिकृत नभएका पसलहरुलाई एक महिना भित्रमा पालिकामा आएर दर्ता हुन आग्रह गरिएको बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ३ : ४३ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा