७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बाँकेका प्रजिअ मन्त्रालय तानिए, बाँकेमा श्रवण पोखरेल



नेपालगन्ज । समयमै निर्णय लिन नसक्दा नेपालगन्जमा धार्मिक दङ्गा फैलिएको भन्दै आलोचना खेपेका बाँकेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय तानिएको छ । गृहमन्त्रालयले बाँकेका प्रमुख जिल्ल अधिकारी विविन आचार्यलाई मन्त्रालय तानेको हो ।

गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्यसहित अन्य चार जिल्लाका सिडिओ जिम्मेवारी पनि हेरफेर गरेको छ । गृहले बाँके सहित सर्लाही, इलाम र दोलखाका प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

बाँकेमा श्रवणकुमार पोखरेललाई पठाईएको छ भने बाँकेका आचार्यलाई मन्त्रालय तानिएको छ । सर्लाहीमा कोमलप्रसाद धमला, इलाममा इन्द्रदेव यादव र दोलखामा टुवराज पोखरेललाई पठाइएको छ ।

नेपालगन्जमा सामान्य सामाजिक सञ्जालको स्टाटसबाट सुरु भएको धार्मिक विवादमा बेलैमा स्थानीय प्रशासन र प्रहरीले प्रभावकारी कदम नचाल्दा दुई समुदायबीच झडपको स्थिती आएसंगै झण्डै एक साता कर्फ्यु र निषेधाज्ञा लगाउनु परेको थियो ।

सहसचिव आचार्यलाई गृह मन्त्रालयमा तानिँदा उनको ठाउँमा इलामका प्रजिअ पोखरेललाई पठाइएको छ । पोखरेल यसअघि इलाममा, धमला दोलखा र यादव सर्लाहीमा सिडिओका रूपमा कार्यरत थिए । दोलखामा पठाइएका सहसचिव पोखरेल गृह मन्त्रालयमा कार्यरत थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ८ : १९ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी