४ पुस २०८२, शुक्रबार | December 20, 2025

चिकित्सकलाई कुटपिट गर्ने छ जना धरौटीमा रिहा



मकवानपुर । हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई दुई लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही दुई लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो ।

अदालतले माग गरेको धरौटी बुझाएर छ जना बुधबार नै तारेखमा छुटेका जिल्ला अदालत मकवानपुरले जनाएको छ । हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकलाई भदौ २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा थप एकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका–१२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई हेटौँडा–१० बाट पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १२ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको