२४ श्रावण २०८३, आइतबार | August 9, 2026

विपद् व्यवस्थापनमा सबैको सहयोग आवश्यक



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा सबैको साझा प्रयासको खाँचो रहेको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तरराष्ट्रिय विपद् न्यूनीकरण दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले मानवीय कारणले धेरै समस्या सृजना भएको र मानवसिर्जित घटना बढिरहेकाले त्यसलाई घटाउन समाजका सबै वर्गको सामूहिक प्रयास अपरिहार्य भएको बताए । विपद् व्यवस्थापनलाई सरकारले विशेष ध्यान दिएको उनले बताए।

प्राकृतिक विपत्तिका बेला अपाङ्गता भएका व्यक्तिहरु जोखिममा पर्ने भएकाले उनीहरुलाई त्यसबाट जोगाउने सामुदायिक स्तरमा काम हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए । “सूचनाको माध्यमबाट प्रभावित परिवारलाई जोगाउनु पहिलो जिम्मेवारी हो । त्यसका लागि आवश्यक नीतिनिर्माण र प्रणालीको विकास गर्न जरुरी छ”, मन्त्री श्रेष्ठले भने ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  २ : १९ बजे

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका