१० श्रावण २०८३, आइतबार | July 26, 2026

विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का



सुर्खेत। नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको नेपाल राष्ट्रिय मगर संघको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए।

ुसंविधानलाई विभिन्न बहानामा हल्लाउने कोशिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ,ु उनले भने, ुसंविधानलाई भड्काउने कोशिस भएको संकेत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ।ु

काङ्ग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री खड्काले पद प्राप्त पछिको घमण्ड र अहंकारका कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको बताए। त्यसैले प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक उनको भनाइ थियो।

ुहरेक दिन हाम्रा गतिविधि आम जनताको मोबाइलमा कैद भएका छन्। मतदाताले हरेक पल परीक्षा लिइरहेका छन्,ु उनले भने, ुपार्टी र भातृ संस्था सुधार गर्न आवश्यक छ। हामी सच्चिन आवश्यक छ।ु

त्यस्तै, उपप्रधानमन्त्री खड्काले राष्ट्रिय मगर संघको दोस्रो कर्णाली अधिवेशनले आम जनमानसमा एकताको सन्देश दिने विश्वास व्यक्त गरेका थिए। कांग्रेसको आगामी महासमिति बैठकका लागि समेत मगर संघको अधिवेशनबाट महत्वपूर्ण सुझाव आउने उपप्रधानमन्त्री खड्काले विश्वास व्ययक्त गरे।

 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  २ : २१ बजे

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि