९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

लखनउ जान अव रुपैडिहा जान नपर्ने, भोलीबाट नेपालगन्ज-लखनउ बस सेवा सुरु हुँदै



नेपालगन्ज । भोलीबाट लखनउ जानकालागि रुपैडिहा पुग्न नपर्ने भएको छ । भोलीबाट नेपालगन्जबाट सिधै लखनउ सम्मको बातानुकल बस चल्ने भएपछि लखनउ जान रुपैडिहा जान नपर्ने भएको हो ।

घटस्थापनाको दिनबाट नेपालगन्जबाट भारतीय शहर लखनउका लागि सिधै बातानुकल बसको सेवा सुरु गरिने यातायात संचालकहरुले जनाएका छन् ।

घटस्थापनाको दिन विहानै सिधै लखनउ सम्म्को बस सेवा शुभारम्भ गरिने बस सञ्चालक कम्पनीका प्रतिनिधि शोभाकर पौडेलले जानकारी दिए । पौडेलका अनुसार हरेक दिन विहान जाने र बेलुका फर्किने सुविधा सम्पन्न बसको व्यवस्थापन मिलाइएको छ । अन्तरदेशिय यातायात सेवाका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सकिएकाले घटस्थापनाबाट सेवा शुभारम्भ गर्न लागिएको उनले बताए । उनका अनुसार कोहलपुरबाट बिहान ५:३० बजे छुट्ने बस नेपालगन्जको धम्बोझी चोकबाट ६ बजे छुट्ने छ भने लखनउबाट हरेक राती ९:३० बजे  बस छुट्ने छ ।

नेपालगन्ज हुँदै विभिन्न स्थानबाट दिल्लीका लागि प्रत्यक्ष बस सेवा सञ्चालन भैरहँदा लखनउका लागि भारतीय सवारी साधनकै भर पर्नुपर्ने अवस्था रहेको थियो । यात्रुहरुको लामो समयदेखिको आकांक्षालाई पुरा गर्न सेवा सुरु गरिएको उल्लेख गर्दै पौडेलले दैनिक एउटा बस जाने र अर्को फर्किने व्यवस्था तत्कालका लागि गरिएको भएपनि यात्रुको चाप र आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा सेवा दोब्बर गर्न तयारी अवस्थामा रहेको बताए ।

बाँकेको कोहलपुरबाट बिहानै छुट्ने लखनउको बस नेपालगन्जमा होल्ड गरी लखनउ बास बस्नका लागि पुग्नेछ भने अर्को बसले लखनउबाट साँझ नेपालगन्ज फर्कने यात्रुहरु लिएर विहानै नेपालगञ्ज आइपुग्ने गरि व्यवस्था मिलाइएको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : ५६ बजे

नारायणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह सञ्चालन भएन

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक

पश्चिम नेपालका छ जिल्लामा अत्यधिक गर्मीको सम्भावना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत्मा क्षति

पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौं । जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह