२१ मंसिर २०८२, आइतबार | December 7, 2025

लखनउ जान अव रुपैडिहा जान नपर्ने, भोलीबाट नेपालगन्ज-लखनउ बस सेवा सुरु हुँदै



नेपालगन्ज । भोलीबाट लखनउ जानकालागि रुपैडिहा पुग्न नपर्ने भएको छ । भोलीबाट नेपालगन्जबाट सिधै लखनउ सम्मको बातानुकल बस चल्ने भएपछि लखनउ जान रुपैडिहा जान नपर्ने भएको हो ।

घटस्थापनाको दिनबाट नेपालगन्जबाट भारतीय शहर लखनउका लागि सिधै बातानुकल बसको सेवा सुरु गरिने यातायात संचालकहरुले जनाएका छन् ।

घटस्थापनाको दिन विहानै सिधै लखनउ सम्म्को बस सेवा शुभारम्भ गरिने बस सञ्चालक कम्पनीका प्रतिनिधि शोभाकर पौडेलले जानकारी दिए । पौडेलका अनुसार हरेक दिन विहान जाने र बेलुका फर्किने सुविधा सम्पन्न बसको व्यवस्थापन मिलाइएको छ । अन्तरदेशिय यातायात सेवाका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सकिएकाले घटस्थापनाबाट सेवा शुभारम्भ गर्न लागिएको उनले बताए । उनका अनुसार कोहलपुरबाट बिहान ५:३० बजे छुट्ने बस नेपालगन्जको धम्बोझी चोकबाट ६ बजे छुट्ने छ भने लखनउबाट हरेक राती ९:३० बजे  बस छुट्ने छ ।

नेपालगन्ज हुँदै विभिन्न स्थानबाट दिल्लीका लागि प्रत्यक्ष बस सेवा सञ्चालन भैरहँदा लखनउका लागि भारतीय सवारी साधनकै भर पर्नुपर्ने अवस्था रहेको थियो । यात्रुहरुको लामो समयदेखिको आकांक्षालाई पुरा गर्न सेवा सुरु गरिएको उल्लेख गर्दै पौडेलले दैनिक एउटा बस जाने र अर्को फर्किने व्यवस्था तत्कालका लागि गरिएको भएपनि यात्रुको चाप र आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा सेवा दोब्बर गर्न तयारी अवस्थामा रहेको बताए ।

बाँकेको कोहलपुरबाट बिहानै छुट्ने लखनउको बस नेपालगन्जमा होल्ड गरी लखनउ बास बस्नका लागि पुग्नेछ भने अर्को बसले लखनउबाट साँझ नेपालगन्ज फर्कने यात्रुहरु लिएर विहानै नेपालगञ्ज आइपुग्ने गरि व्यवस्था मिलाइएको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : ५६ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज