२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

मनसुन बाहिरन अझै केही दिन लाग्ने, आइतबारबाट पानी पर्न सक्ने

धान नकात्न र काटेको धान भित्राई सक्न मौसमविदको सुझाव



काठमाडौं । बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ । मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण पर्सी सोमबारदेखि बुधबारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार रातिदेखि पश्चिम वायुको एक प्रणाली आउने भएकाले छिटफुटदेखि हल्का वर्षाको सम्भवना रहेकाले तत्काल धान नकाट्न र काटेको भएमा आइतबारसम्ममा भित्र्याइ सक्न मौसमविद् प्रतिमा मानन्धरको सल्लाह छ ।

उनका अनुसार पूर्वबाट मनसुन बाहिरन अझै केही दिन लाग्ने भएकाले बुधबार पछिबाट मात्रै मौसममा सुधार हुने बताइन् । नेपालको पूर्वी भूभागमा मात्रै मनसुनी वायुको आंशिक प्रभाव कायम छ । सामान्यतया अक्टोबर २ तारिखमा नेपालबाट मनसुन बाहिरी सक्नुपर्ने भए पनि आज अक्टोबर १४ तारिख भइसक्दा मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिसकेको छैन । पानी नपरेका कारण वायुमा प्रदूषण र कणहरु बसेकाले दिउँसोपख आकाश खुले पनि बिहान÷बेलुका धुम्म हुने मौसमविद् गोविन्द झाको भनाइ छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १० : १५ बजे

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम

पहिलो चरणमा जोखिमपूर्ण बस्ती खाली गर्ने काम सम्पन्न

काठमाडौँ । पहिलो चरणमा काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक

पश्चिम एसियाको असर न्यूनीकरण गर्न सरकारलाई सुझाव

काठमाडौ । पश्चिम एसियाको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल