७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

सभामुख घिमिरेद्वारा ‘विश्व हात धुने दिवस’को शुभकामना



काठमाडौं । सभामुख देवराज घिमिरेले ‘विश्व हात धुने दिवस’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन ।

नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका छन् । कोरोना महामारीविरुद्धको लडाइँमा साबुनपानीले हात मिचीमिची धुने अभियान चलाइएको समेत सभामुख घिमिरेको भनाइ छ ।

“चर्पी प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ । साथै हाम्रा बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ”, उनले भनेका छन ।

सरसफाइले स्वास्थ्य सभ्यताको समेत परिचय दिने र स्वास्थ्य, सफाइ र सभ्यताबीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै उहाँले जहाँ सफाइ हुन्छ, त्यहाँ रोगव्याधीको सम्भावना रहँदैन भन्ने सचेतना जनस्तरमा फैलाउन सके यस दिवसको महत्व अझै बढेर जानेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : १२ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली