१६ पुस २०८२, बुधबार | December 31, 2025

सभामुख घिमिरेद्वारा ‘विश्व हात धुने दिवस’को शुभकामना



काठमाडौं । सभामुख देवराज घिमिरेले ‘विश्व हात धुने दिवस’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन ।

नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका छन् । कोरोना महामारीविरुद्धको लडाइँमा साबुनपानीले हात मिचीमिची धुने अभियान चलाइएको समेत सभामुख घिमिरेको भनाइ छ ।

“चर्पी प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ । साथै हाम्रा बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ”, उनले भनेका छन ।

सरसफाइले स्वास्थ्य सभ्यताको समेत परिचय दिने र स्वास्थ्य, सफाइ र सभ्यताबीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै उहाँले जहाँ सफाइ हुन्छ, त्यहाँ रोगव्याधीको सम्भावना रहँदैन भन्ने सचेतना जनस्तरमा फैलाउन सके यस दिवसको महत्व अझै बढेर जानेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : १२ बजे

नयाँ वर्षका लागि भरिँदै सौराहा

चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार

पुषभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा अघि बढ्यौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी एकता, आत्मविश्वास

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी लिन प्रदेश सरकार तयार : मुख्यमन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई

ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत

टेक्सस । प्रवासी नेपालीको मागबमोजिम टेक्ससको ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै नेपाली