३१ बैशाख २०८१, सोमबार | May 14, 2024

साइकल किन्दा “संसार जितेको” अनुभूति गर्ने उद्योगी खत्री

द्वितीय उपाध्यक्ष पदमा उम्मेदवार



बुटवल । असोज २९ गते रुपन्देही उद्योग संघको २३ औं अधिवेशन हुन गैरहेको छ । अधिवेशनले संघको आगामी नया नेतृत्व चयन गर्दैछ । चुनावको उम्मेदवारी दर्ताको कार्य सम्पन्न भएको छ र उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । प्रचारप्रसार अभियानमा संघको द्वितीय उपाध्यक्ष पदमा संघका वर्तमान महासचिव हरि बहादुर खत्री उम्मेदवारी दिएर उद्योगीहरुका बीचमा पुगिरहेका छन् ।

खत्री २०६७ सालमा रुपन्देही उद्योग सघको सदस्यता लिएर उद्योगीहरुको नेतृत्व गर्न अगाडी बढेका हुन । संघको सदस्यता लिएको १ वर्षमै स-मिल बस्तुगत उपसमितिको संयोजक बनेर आफ्नो नेतृत्व क्षमता देखाउन थालेका खत्रीले संघको महासचिवसम्मको जिम्मेवारी सफलता पूर्वक पुरा गरेका छन् । यस बीचमा उनले संघमा २०७०-७४ सम्म दुई कार्यकाल कार्यसमिति सदस्य, २०७४-७६ सहकोषाध्यक्ष, २०७६-७८ कोषाध्यक्ष र २०७८-८० सम्म महासचिवको जिम्मेवारी निभाएका हुन ।

खत्री उद्योग क्षेत्रमा प्रवेश कसैको प्रेरणा वा पारिवारिक विरासतबाट गरेका होइन । उनलाई अप्रत्याशित रुपमा आफ्नै सोंच र अनुभवले उद्योगी अवसर आएको बताउछन् । गुल्मीको चन्द्रकोट गाउपालिका वडा नं. ८ गेघुङमा २०३९ साल चैत्र ५ गते बुवा टिका बहादुर खत्री र माता मायादेवि खत्रीको कोखबाट जन्मिएका हरि बहादुर खत्री पढाईको सिलसिलामा रुपन्देही झरेका हुन । २०५४ सालबाट आफ्नो फुपुको घरमा बसेर रुपन्देहीको फर्साटिकर माविमा अध्ययनतर खत्रीले २०६२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए ।

२०६२ सालमा एसएलसी उत्तिर्ण गरेका हरि बहादुर खत्रीले त्यसभन्दा अगाडीदेखि नै पढाई र जागिरलाई सगै अगाडी बढाउने निधो गरेर काम गरेका हुन । त्यसैक्रममा स्थानिय रुपन्देहीको शुद्धोधन गाउपालिका-४ मा रहेको लिटिल फ्लावर माविमा एकाउन्ट र पढाउने जिम्मेवारी लिन पुगे । २०५७ देखि ६७ सालसम्म उनले सो पेशा गरेका हुन । जिवनमा पहिलो जागिरबाट बुझेको पैसा लिएर उनी भारतको नौतनवा साइकल किन्न भएर गए र उनीद साइकल लिएर उहीबाट चलाउदै बुटवल आए । त्यो क्षण उनको जिन्दगीको सबैभन्दा खुशीको क्षण मात्र भएन उनले त्यत्तिबेला संसार जितेको अनुभूति गर्न पुगेका थिए । आज पनि उनले त्यो क्षणलाई बिर्सन सक्दैनन ।

शिक्षण पेशा र एकाउन्टको जिम्मेवारी सम्हादै गर्दा सोहि विद्यालयको भवन निमार्ण भैरहेको थियो । त्यस क्रममा उनले त्यसको रेखदेख गर्ने जिम्मा पनि पाएको र आवश्यक फर्निचर, सिमेन्ट, वालुवा लगायतको व्यवसापन गर्नु पर्दथ्यो । सोहि काम गर्ने क्रममा फर्निचर(काठ)का लागि स-मिलमा लगातार जादै गर्दा उनलाई काठको काम गर्ने सोंच पलाएको बताउछन् । लगातारको स-मिल धाउदै गर्दा पलाएको सोंचलाई उनले आफ्ना तिन भाईलाई सुनाएपछि मिलेर स-मिल खोल्ने योजनाले साकार रुप लिएको खत्रीको भनाई छ । यो काम उनले शिक्षण पेशा गर्दैगर्दा नै थालेका हुन । आज त्यसले उनलाई यस क्षेत्रको एक सफल उद्योगी बनाएको छ । उनले त्यत्ति बेला नै दर्ता गरेको प्रशंसा स-मिल तथा फर्निचर उद्योग उनले निरन्तर १८ बर्षदेखि चलाउदै आएका छन् ।

उनी उद्योगी बन्ने अवस्थासम्म आइपुग्दा धेरै उतारचढाव झेल्नु परेको सुनाउछन् । आफु ५ वर्षको उमेर हुदा बुवालाई गुनाउनु परेको नमिठो अवस्था झेलेका खत्रीलाई आमाले नसकि नसकि स्कूल पढ्न पठाएको बताउछन् । त्यो कुरा बाल सुलभ अवस्थामा पनि अनुभूति गरेको र २ कक्षामा पढ्दै गर्दादेखि स्कूलमा आफ्ना साथीहरुलाई चकलेट, विस्कुट, वरफ बेच्ने गरेको सुनाउछन् । कुनै पनि काम गर्न लाज नलाग्ने सानैदेखिको बानी नै आजसम्मको सफलताको सिंढी चढ्ने हतियार बनेको उनी बताउछन् ।

रुपन्देही उद्योग संघको द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका खत्रीले आफ्नो उम्मेदवारी उद्योगीहरुको समस्यामा साथ दिने र लड्ने लक्ष्यकासाथ भएको बताउदै अनुभव एवं जिम्मेवारीले संघको नेतृत्व गर्न अगाडी बढेको बताउछन् ।

पछिल्लो समयमा उद्योग व्यवसायको क्षेत्रमा देखापरेको मन्दी र त्यसबाट आएको संकटलाई सबै उद्योगीहरु मिलेर सामना गर्नु पर्ने बताउदै खत्रीले संघलाई सबैको साझा बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हिजो संघको विभिन्न पदमा रहेर उद्योगीहरुको समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएको र सधै उद्योगीहरुको हितमा उभिएको उनको दावी छ । खत्रीले आफुले संघमा रहदासम्म टिम वर्कमा विश्वास गरेको हुदा अगाडीका दिनमा पनि टिमको भावना अनुसार चल्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : ३७ बजे

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक