१६ पुस २०८२, बुधबार | December 31, 2025

एमाले उपाध्यक्ष पौडेलले भने – अर्थतन्त्रको ‘मेजर अपरेशन’ गर्नुपर्ने अवस्था छ, सरकारले सिटामोल समेत दिन सकेन



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले मुलुकको अर्थतन्त्रको ढाँड भाचिएको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको बताएका छन ।

देशमा आर्थिक विकास र समृद्धि, सुशासनका क्षेत्रमा कहालीलाग्दा कहालीलाग्दा समस्याका चाँङहरू हुँदा समेत सरकारको ध्यान सत्तामा बस्न र टिक्नमा मात्र केन्द्रित रहेको दावी गरे ।

बुटवलमा आइतबार प्रेस चौतारी रुपन्देहीको शुभकामना आदान प्रदान कार्यक्रममा आयोजित कार्यक्रममा बोल्दै पौडेलले भने, ‘मुलुकको अर्थतन्त्रलाई चान्ने चुन्ने उपचार गरेर होइन, मेजर अपरेशन गर्नुपर्ने अवस्था छ । सरकार अपरेशन त परै जाओस् सिटामोल समेत दिनका सकेका छैन । अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले काम गरेन् ।’

‘कर्मचारीले ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था छ । निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी गर्न सकेको छैन । पेन्सन र सामाजिक सुरक्षा खुवाउनु आन्तरिक ऋण लिनुपर्ने अवस्थाले अर्थतन्त्र असाधारण अवस्थामा पुगेको छ सरकार गम्भीर हुनुप¥यो’ उपाध्यक्ष पौडेलले थपे । मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादा बिपरीत राजनीति गरेको समेत पौडेलले दावी गरे ।

‘राष्ट्रपति दलको नेताजस्तो बन्ने होइन’ उपाध्यक्ष पौडेलले भने, ‘कुनै बेला अमुक दलको नेता हुनुहुन्थ्यो । अब त्यस्तो होइन । कुनै दलको पैरवी गर्ने होइन । कांग्रेसलाई भोट गरेको धन्यवाद ज्ञापन गर्ने, पार्टीका नेताको आन्तरिक विवाद मिलाउन फोन गर्ने होइन । आफनो मर्यादामा बस्नुपर्छ । अहिलेको बडादशैंले राष्ट्रपति लाई सदबुद्धि दिउन ।’

सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउनको काममा समेत उदत देखिएको बताए । मान्छे मार्ने अपराधीलाई रिहाइ गर्ने राष्ट्रपतिले कुनै सोच विचार गर्न नसकेको पौडेलको भनाइ छ । कोशी प्रदेशमा सरकारले तमासा गरेको बताए ।

कोशी प्रदेश सरकारको लागि एमालेले कुनै खेल नखेकोलेको स्पष्ट पार्दै नेता पौडेलले मुख्यमन्त्री केदार कार्कीलाई सहयोग गरेर प्रदेशलाई संकटतर्फ जानबाट जोगाएको बताए । मुलुकमा धार्मिक सदभावमा खलल पु¥याउने र साम्प्रदायिक सदभाव र आपसी सम्बन्धलाई बिथोल्ने प्रयासहरु भइरहेको प्रति सबै सचेत बन्नुपर्ने अवस्था आएको नेता पौडेलको भनाइ छ । नेपालीहरूबीच लामो समयदेखिको धार्मिक एकता र सदभावलाई मान्दै पर्वहरु मनाउन सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ४ : ४२ बजे

नयाँ वर्षका लागि भरिँदै सौराहा

चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार

पुषभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा अघि बढ्यौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी एकता, आत्मविश्वास

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी लिन प्रदेश सरकार तयार : मुख्यमन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई

ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत

टेक्सस । प्रवासी नेपालीको मागबमोजिम टेक्ससको ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै नेपाली