२० मंसिर २०८२, शनिबार | December 6, 2025

१ सय बढीको सामानमा अनिवार्य भन्सार नेपालगन्जमा फितलो, सुर्खेत पुग्यो बिना भन्सारको एक ट्रक चिनी



नेपालगन्ज । भन्सार गेटबाट १ सय रुपैंया भन्दा बढीको सामान भन्सार नगराई नेपाल छिर्न नदिन भन्सार विभागले भन्सार कार्यालयहरुलाई निर्देशन दिएपनि नेपालगन्ज भन्सार छलेर नेपालगन्ज हुँदै सुर्खेत पुगेको बिना भन्सारको चिनी सुर्खेत प्रहरीले बरामद गरेको छ ।

शनिवार राती ८ बजे नेपालगन्जबाट दैलेख लगिँदै गरेको १ लाख ५२ हजार बराबरको अवैध चिनी सुर्खेतमा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५० केजीको २६ बोरा र २५ केजी को २४ बोरा गरी जम्मा सानो ठुलो गरी ५० बोरा चिनी सुर्खेत सुब्बाकुना चेक पोष्टबाट बरामद गरेको हो ।

सुब्बाकुना चेक पोष्टमा चेकजाँचका क्रममा प्रहरी टोलीले नेपालगन्जबाट दैलेख तर्फ जादै गरेको भे १ ख ३१४४ नम्बरको ट्रकलाई जाचँ गर्दा लुकाई छिपाई राखेको बिल नभएको अवैध चिनीको बोराहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।

भन्सारमा साधारण उपभोक्तालाई १ सय बढीको सामानको भन्सार असुल गरिएको भन्सार कार्यालयले बताएपनि फुटकर क्यारिङ गर्नेहरुले हरेक दिन लाखौंको सामान नेपालगन्जको मुल भन्सार गेट हुँदै भित्राउने गरेको नेपालगन्जका एक ब्यापारीले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ७ : ०५ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले