२३ भदौ २०८३, मंगलबार | September 8, 2026

१ सय बढीको सामानमा अनिवार्य भन्सार नेपालगन्जमा फितलो, सुर्खेत पुग्यो बिना भन्सारको एक ट्रक चिनी



नेपालगन्ज । भन्सार गेटबाट १ सय रुपैंया भन्दा बढीको सामान भन्सार नगराई नेपाल छिर्न नदिन भन्सार विभागले भन्सार कार्यालयहरुलाई निर्देशन दिएपनि नेपालगन्ज भन्सार छलेर नेपालगन्ज हुँदै सुर्खेत पुगेको बिना भन्सारको चिनी सुर्खेत प्रहरीले बरामद गरेको छ ।

शनिवार राती ८ बजे नेपालगन्जबाट दैलेख लगिँदै गरेको १ लाख ५२ हजार बराबरको अवैध चिनी सुर्खेतमा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५० केजीको २६ बोरा र २५ केजी को २४ बोरा गरी जम्मा सानो ठुलो गरी ५० बोरा चिनी सुर्खेत सुब्बाकुना चेक पोष्टबाट बरामद गरेको हो ।

सुब्बाकुना चेक पोष्टमा चेकजाँचका क्रममा प्रहरी टोलीले नेपालगन्जबाट दैलेख तर्फ जादै गरेको भे १ ख ३१४४ नम्बरको ट्रकलाई जाचँ गर्दा लुकाई छिपाई राखेको बिल नभएको अवैध चिनीको बोराहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।

भन्सारमा साधारण उपभोक्तालाई १ सय बढीको सामानको भन्सार असुल गरिएको भन्सार कार्यालयले बताएपनि फुटकर क्यारिङ गर्नेहरुले हरेक दिन लाखौंको सामान नेपालगन्जको मुल भन्सार गेट हुँदै भित्राउने गरेको नेपालगन्जका एक ब्यापारीले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ७ : ०५ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३