३१ बैशाख २०८१, सोमबार | May 13, 2024

पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँले मूल्य घट्यो, डिजलको मूल्य पनि घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजलमा लिटरमा ५ रुपैयाँले मूल्य घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएसँगै मूल्य समायोजन गरिएको निगमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ । सुर्खेत र दांगमा पेट्रोलमा १७१ र डिजलमा १६७ पर्ने छ भने बिराटनगर, जनकपुर, भलवारी, नेपालगन्ज, धनगढीमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजलको १६५.५० पैसा प्रतिलिटर पर्नेछ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : ०३ बजे

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक

एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक हप्ताभित्र