२४ श्रावण २०८३, आइतबार | August 9, 2026

इनरुवा सभालाई सम्बोधन गर्न कमल थापा आज सुनसरी जाँदै



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टीको सुनसरी जिल्ला कार्य समितिद्वारा आज आयोजित बिरोध सभालाई सम्बोधन गर्न इनरुवा जाने भएका छन् ।

राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाए पछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभुमी निर्माण गर्न जिल्ला केन्द्रित कार्यक्रममा लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

२०६२–६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको बिकल्पमा राजासहितको प्रजातन्त्र ,सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानिय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।

सभामा सहभागी हुन अध्यक्ष थापा सहित उपाध्यक्ष तारानाथ लुइँटेल ,महामन्त्री राजाराम बर्तौला ,सह-महामन्त्री तेजकुमार कुरुङ्वाङलगायत नेताहरु सुनसरी जाने पार्टीले जनाएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ६ : ५० बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता