६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

आज खजुरा क्षेत्रका सबै विद्यालयमा शोक विदा



खजुरा । स्कुल बस दुर्घटनामा मृत्यु भएका विद्यार्थीको शोकमा आज खजुरा गाँउपालिकाका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरुलाई शोक विदा दिईएको छ । खजुरा गाँउपालिकाको शिक्षा शाखा तथा प्याब्सन र एन प्याब्सनको छुट्टाछुट्टै निर्णयबाट पालिमा रहेका सबै विद्यालयहरुलाई शोक विदा दिइएको हो ।

सोमबार अपरान्ह परीक्षा सकेर घर फर्कने क्रममा खजुराको पुरानो निजी विद्यालय दीपक बोर्डिङको स्कुलबस खजुरा ५ स्थित जेठी नालामा खस्दा सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत ११ वर्षिय विद्यार्थी जितु नेपालीको मृत्यु भएको थियो ।

विद्यार्थी छाड्न सिमलघारी तर्फ जाँदै गरेको स्कुलको ना ४ ख ६५१ नम्बरको बस जेठी नालामा खसेको थियो । स्टेरिङको मुल नट खसेर स्टेरिङ फ्ल हुँदा बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा विद्यार्थीको निधन भएपछि स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए । मृतक नेपालीको आमाबुवा दुबैजना रोजगारीका लागि भारतमा रहेको र उनले मामाघर बसेर अध्ययनरत रहेको बुझिएको छ । बुवाआमा आएपछि मात्र मृतक बालकको दाहसंस्कार हुने आफन्तले जनाएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ८ : ४० बजे

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

काठमाडौं । इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ ।

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

काठमाडौं । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६