५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ अर्ब पुग्यो



काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति थप बढेको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब रुपैयाँ हाराहारी पुगेको जनाएको छ ।

यो सञ्चिति १ वर्ष भन्दा बढिको वस्तु खरिद गर्न सक्ने अवस्थामा पुगेको छ। यो सञ्चिति पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै विदेशी मुद्राबारे जानकारी गराएको हो ।

गत साउनमा नेपालसँग १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति रहेको थियो । तर एक महिनाको बीचमा झण्डै २५ अर्ब ७८ करोड रुपैयाँ थप भएको छ । राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यो वृद्धि ३.९ प्रतिशत हो ।

अमेरिकी डलर २।६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ। २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  २ : २७ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया