२४ भदौ २०८३, बुधबार | September 9, 2026

नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ अर्ब पुग्यो



काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति थप बढेको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब रुपैयाँ हाराहारी पुगेको जनाएको छ ।

यो सञ्चिति १ वर्ष भन्दा बढिको वस्तु खरिद गर्न सक्ने अवस्थामा पुगेको छ। यो सञ्चिति पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै विदेशी मुद्राबारे जानकारी गराएको हो ।

गत साउनमा नेपालसँग १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति रहेको थियो । तर एक महिनाको बीचमा झण्डै २५ अर्ब ७८ करोड रुपैयाँ थप भएको छ । राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यो वृद्धि ३.९ प्रतिशत हो ।

अमेरिकी डलर २।६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ। २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  २ : २७ बजे

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००