२४ भदौ २०८३, बुधबार | September 9, 2026

नेपालमा भ्रष्टाचारले करोड होइन, अर्ब नाघ्न थाल्यो : प्रेम सुवाल



भक्तपुर। संघीय सांसद् प्रेम सुवालले नेपालमा भ्रष्टाचारले करोड नभई अर्ब नाघ्न थालेको भन्दै रोष प्रकट गरेका छन्।

सिद्धिगणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको २९ को वार्षिक साधारणसभाको मंगलबार भक्तपुरमा उदघाटन गर्दै सुवालले यो भ्रष्टाचारीहरूलाई कारबाही नहुँंदा भएको बताए। ‘पछिल्लो पटक वाइडबडीमा पाँंच सात अर्वको भ्रष्टाचार भएको बाहिर आएकै हो’, उनले भने, ‘ललितानिवास, बालुवाटार जग्गा काण्ड, ओम्नी काण्डलगायतका सवैसवैमा भ्रष्टाचार भएको बाहिर आएकै हो।’

भ्रष्टाचारीलाई मृत्युदण्डको सजाए दिनुपर्ने पार्टी धारणालाई उनले पुनः दोह्याए। संविधानमै शंशोधन गरेर भए पनि भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको सजाए दिनुपर्ने पार्टीको धारणा रहेको उनले दोहर्या‍ए।

फरक प्रसंगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम सुनेरै डराउनेहरुलाई सिंहदरवारमा पठाएर केही नुहने बताए। परराष्टमन्त्री एनपी साउदसँंग पत्रकारले नेपालको गुन्जीको भारतीय प्रधानमन्त्री मोदी नेपाललाई जानकारी दिएर गएको हो भन्ने पत्रकारको प्रश्नको उतर दिन डराएर माइक पन्छाएको दृश्य सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको भन्दै उनले त्यस्तालाई सिंहदरबार पठाएर मन्त्री बनाएसम्म देश उभो लाग्न नसक्ने दाबी गरे।

उनले इजराइल र प्यालेष्टाइनबीचको युद्धमा मारिएका १० जना निदोर्ष नेपालीको निधनको जिम्मेबारी सरकारले लिनुपर्ने जिकिर पनि गरे। ८० वर्षदेखि युद्धग्रस्त क्षेत्रमा नेपालीलाई पठाउन नहुने ठाउँंमा पठाएकाले यसको दोषि नेपाल सरकार रहेको उनको जिकिर थियो।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ५ : ३३ बजे

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००