१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आह्वान



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा बसोबास गर्दै आएका नेपालीको ज्ञान, सीप र पुँजीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११ औँ विश्व सम्मेलनमा मन्त्री डा महतले भने, “नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् अब ती क्षेत्रमा लगानी गर्न म आह्वान गर्दछु ।”

जलविद्युतको विकासबाट नै देशलाई समृद्धिको मार्गमा अघि बढाउन सकिने यथार्थ दोहोर्‍याउँदै मन्त्री महतले निजी क्षेत्रबाट तीन सय मेगावाट विद्युत् उत्पादन भइरहेको अवस्थामा विदेशमा रहेका नेपालीले मातृभूमिको उन्नयनका निम्ति लगानी गर्नुपर्नेमा जोड दिए । उनले लगानीको प्रतिफल सुनिश्चित गर्ने ऐनकानुन रहेकाले निर्धक्क भएर पूँजी प्रवाह गर्न आह्वान गरे ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ८ : १३ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्