८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

गाँजास्थित अस्पतालमा आक्रमण, ५०० जनाको ज्यान गयो



काठमाडौं । इजरायल र हमास बीचको वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ। आज युद्ध १२ औं दिनमा प्रवेश गरेको छ । यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् ।

गाजाको अस्पतालमा भएको बम विस्फोटका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको संख्या चिन्ताजनक रूपमा बढेको छ । जसका कारण गाजा पट्टीमा कुल ३५०० जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५०० जनाको ज्यान गएको बताएको छ, जसमध्ये धेरै महिला र बालबालिका छन् । संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको थियो ।

गाजामा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले टेलिग्राममा अरबी भाषामा पोष्ट गरेको विज्ञप्तिमा अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको आक्रमणमा मारिने अधिकांश बालबालिका र महिला रहेको बताए । प्रवक्ताले पीडितको संख्या मेडिकल स्टाफ र एम्बुलेन्सको क्षमताभन्दा बाहिर रहेको बताए ।

यसैबीच, इजरायली सेनाले अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको बम विष्फोटको पछाडि इस्लामिक जिहादको हात रहेको प्रमाणित गर्न भिडियो फुटेज जारी गर्ने दाबी गरेको छ ।

यसबाहेक इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको अस्पतालमा भएको हमला आइडीएफले नभई आतंकवादीहरूले गरेको हो भन्ने कुरा सारा विश्वले जान्नुपर्दछ भन्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : ०९ बजे

नन्दिनी गौशालालाई बुटवल १० का वडाबासीको तर्फबाट अहार बिहार प्रदान

बुटवल । छाडा चौपाया नियन्त्रण र गौशालाको व्यवस्थापन एकैपटक गरिएपछि

नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको सय वर्ष पूरा : बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

काठमाडौं । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक

समानीकरण अनुदान कटौती हुँदैन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई

बस्ती पसेको बाघ नियन्त्रणमा

चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ ।