१७ श्रावण २०८३, आइतबार | August 2, 2026

प्रधानमन्त्री प्रचण्ड मुस्ताङ प्रस्थान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ प्रस्थान गरेका छन् । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका हुन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सो क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्नेछन् ।

हिजो साँझ मात्रै अचानक अस्वस्थ्य भएको महशुश पछि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा पुगेका थिए । छात्तिमा असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि उक्त अस्पताल गएको उनको अवस्था सामान्य भएको अस्पतालले जनाइसकेकाे छ ।

‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको’ जनाए पछि उनी बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : २४ बजे

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा