३१ बैशाख २०८१, सोमबार | May 13, 2024

हिमालको संरक्षण सिंगो विश्वको साझा दायित्व हो : प्रधानमन्त्री

'जलवायु संरक्षणमा नेपालले प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङमा पठाउनेछौं'



जोमसोम। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको बताएका छन् ।

बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको बताए।

‘पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ। हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ। मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें। मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु’, प्रधानमन्त्रीले भने, ‘हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित रहँदैनन्। जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा होु प्रधानमन्त्रीले भन्नुभयो, ुकोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ। विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ।’

मुस्ताङ जिल्ला बहुआयमिक विशेषता बोकेको जिल्ला हो। स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्वपूर्ण छ, मुक्तिनाथ लगायत धार्मिक एवं सांस्कृतिक पर्यटनका केन्द्रहरू पनि यहाँ छन्। कोरला नाकाको विशेष रणनीतिक महत्व रहेकाले यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

प्रधानमन्त्रीले कार्यक्रममा जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रवाद क्षेत्रबाट प्राप्त गर्ने रू ५० करोड मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १२ : ११ बजे

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बीमा अन्तर्गतको १० लाख रकम हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्तर्गतको १० लाख रकम हस्तान्तरण

काठमाडौ । माछापुच्छ्रे बैंकले न्यू छस्मार्ट तलव खाता अन्तर्गत दुर्घटनामा

वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु

काठमाडौं । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर ।‌ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मत

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको