३० चैत्र २०८२, सोमबार | April 13, 2026

राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमा होटेलमा लगेर महिलाको हत्या



सुर्खेत । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएको छ ।

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-९ का ३३ वर्षिय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

लोकबहादुरले मुसीकोट नगरपालिका-७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्विकार गरेको, दशिप्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको भन्दै प्रहरीले लोकहादुरलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

लोकबहादुर गत असोज ३ गते नवौ संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफि गरिएपछि कैदमुक्त भएका व्यक्ति हुन् । उनै लोकबहादुरले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका-१ खलङगा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ ।

अघिल्लो दिन होटेल पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमान-श्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्वर १ बुक गरेका थिए । दुबै जना २९ गते बिहान १० बजेवाट सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो । लोकबहादुरले भावनाको घाँटिमा धारिलो चक्कु प्रयोग हत्या गरेको डिएसपी भट्टराईले बताए । अनैतिक सम्बन्ध र आर्थिक लेनदेनको कारण हत्या भएको प्रहरीको भनाई छ ।

मृतकको श्रीमान् र हत्या आरोपीको श्रीमति हाल वैदशिक रोजगारीमा रहेको बताईन्छ । प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपियाँ र प्रतिबादीको मोबाईल समेत बरामद गरेको छ ।

प्रतिवादी कारागार मुक्त भए यता २५ दिनमा १२४ पटक दुई जना बिचमा मोबाईलमा कुराकानी भएको, प्रतिवादी कारागारमा रहँदा मृतक दुई पटक भेट्न गएको कुरा खुल्न आएको प्रहरीले उल्लेख गरेको छ ।

मृतक भावना गत वर्ष भएको स्थानीय तह निर्वाचनको बेला म्यादी प्रहरीमा भर्ना भएर सानीभेरी गाउँपालिका कार्यक्षेत्रमा खटिएकी थिईन् । सानीभेरी ९ सिम्लीमा रहेको हत्या आरोपी लोकबहादुरको होटेलमा म्यादी प्रहरीले खाना खाने गरेका थिए । प्रहरीका अनुसार त्यतिबेलै देखि दुबैजना नजिक भएर अनैतिक सम्बन्धमा गाँसिएको पाईन्छ ।

हत्या आरोपी लोकबहादुरले बहुविवाह मुद्धामा रुकुम कारागारमा कैद भुक्तान गरेका थिए । उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाईएका लोकबहादुर २०७९ फागुन १४ गते कैद परेका थिए । अन्तिम फैसला नहुँदा त्यसअघि उनले २४ दिन कैद भुक्तान गरेका थिए ।

२०८० माघ १९ गते कैदमुक्त हुुनुपर्ने लोकबहादुरलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकि कैद मिनाहा गरिएको थियो ।

कैदभुक्तान गर्न ३ महिना २३ दिन बाँकी रहँदै कैदमुक्त भएका लोकहादुरले कारागारबाट निस्केको २५ दिनपछि महिलाको हत्या गरेका हुन् । प्रहरीले लोकबहादुर विरुद्ध कर्तव्य ज्यान मुद्धा शीर्षकमा मुद्धा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ७ : २१ बजे

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ