१५ भदौ २०८३, सोमबार | August 31, 2026

शक्तिपीठहरुमा स्कन्दमाताको पूजा गरिँदै



काठमाडौं । नेपालीको महानचाड वडादसैँको आज पाँचाँै दिन देशभरका शक्तिपीठहरुमा स्कन्दमाताको विशेष पूजा गरिँदै छ । आज खासगरी स्कन्दमाताको विशेष पूजा गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक विश्वास रही आएको छ ।

काठमाडौँ उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, मैतीदेवीलगायतका मन्दिर र शक्तिपीठहरुमा विशेष पूजाअर्चना गर्ने परम्परा छ । आइतबार असोज शुक्ल प्रतिपदाका दिन बिहान घटस्थापना गरी दसैं घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि नेपालीको महान् पर्व बडादसैं प्रारम्भ भएको हो ।

दसँै पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । यो १५ दिनको समयलाई दुर्गापक्ष पनि भनिन्छ । पूजा कोठा वा दसँैं घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँं दिन कात्यायनी, सातौंँ दिन कालरात्रि, आठौँं दिन महागौरी र नवौँं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १ : १८ बजे

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको