१५ भदौ २०८३, सोमबार | August 31, 2026

मिथिलाञ्चलका शक्तिपीठमा खोइँछा र लड्डु चढाउने भक्तजनको भीड



धनुषा । जनकपुरधामसहित मिथिलाञ्चलका शक्तिपीठमा खोइँछा भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । वडाँदसैँको आठौँ दिन महाअष्टमीको अवसरमा विभिन्न शक्तिपीठमा शनिबार मध्यरातिदेखि नै खोइँछा भर्ने र लड्डु चढाउने कार्यक्रम चलिरहेको छ ।

राजा जनकको कुलदेवीका रुपमा चिनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्ति पीठमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको हो ।

सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मिथालानी भर्ने गर्दछन् । मिथिलामा माता दुर्गाको खोइँछा भर्ने विधि निकै पौराणिक हो । सप्तमीको साँझदेखि नै मिथिलानीले खोइँछा भर्ने गर्दछन् ।

पण्डीत लालबाबु झाका अनुसार मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई खोइँछा दिने गरिन्छ । खोइँछामा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दूर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ । झाले भने, “खोइँछा भर्दा धनधान्यको प्राप्ति हुने र घरपरिवारमा सुखशान्ति हुने जनविश्वास रहेअनुसार मिथिलानी दुर्गामाताको खोइँछा भर्ने गर्दछन् ।”

खोइँछा भर्नका लागि हजारौँको सङ्ख्यामा महिला राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोकलगायतका स्थानमा जम्मा भएका छन् । प्रसाद चढाउनका लागि गए राति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोइँछा भर्न महिलाको भीड लाग्छ । जनकपुरमा आज रातिदेखि बलि दिनेछ । त्यसका लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजन बोका बलिका लागि जनकपुरधाम पुग्ने क्रम जारी रहेको छ । प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको सङ्ख्यामा बलि प्रदान हुने गरेको छ । रासस

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ८ : ५६ बजे

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको