२२ भदौ २०८३, सोमबार | September 8, 2026

‘पशुपतिप्रसाद-२ : भष्मे डन’ आजबाट रिलिज



काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद-२ : भष्मे डन’ आजबाट रिलिज भएको छ । दशैँको फूलपातीको अवसर पारेर यो चलचित्र आजबाट रिलिज भएको हो ।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, लोकेन्द्र लेखकलगायत कलाकार मुख्य भूमिकामा छन् । खगेन्द्र लामिछाने र वर्षा शिवाकोटी पनि सिनेमाको विशेष भूमिकामा छन् ।

नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत हलहरूमा यसको आक्रामक बुकिङ देखिएको छ । अधिकांश शोज शोल्डआउट हुने क्रममा रहेको अनलाइन बुकिङले देखाएको छ । “कतिपय शोज शोल्डआउट आएका छन् । सोल्डआउट हुन बाँकी रहेका शोज पनि टिकटको डोरसेलबाट भरिनेछ,” निर्देशक खनालले भने, “अधिकांश सहरमा केही शो बुकिङ खुल्नबित्तिकै शोल्डआउट भएका थिए । आक्रामक बुकिङले हामीलाई थप उत्साहप्रदान गरेको छ ।”

क्यूएफएक्सले ‘पशुपतिप्रसाद-२ : भष्मे डन’लाई काठमाडौं उपत्यकामा ३३ शोज उपलब्ध गराएको छ । काठमाडौं बाहिर ३७ शोज दिएको छ । बुकिङ खोल्दा क्यूएफएक्सले ‘पशुपतिप्रसाद-२ : भष्मे डन’लाई काठमाडौं उपत्यकामा २६ शोज उपलब्ध गराएको छ । काठमाडौं बाहिर ३६ शोज दिएको थियो । बुकिङ बढ्दै जाँदा शोज थपिँदै गएको छ ।

“शोज थपिनेक्रम पनि बढेको छ । आक्रामक बुकिङका कारण शोज थपिँदैछन्,” दीपेन्द्रले भने, “इनक्वाइरी बढिरहेका बेला शोज अझै थपिनेछ ।” मल्टिप्लेक्स र सिंगल स्क्रिन गरेर ३०० भन्दा बढी शोज पाएको चलचित्र नेपालबाहिरका अधिकांश देशमा एकसाथ रिलिज हुँदै छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ७ : ३४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार