१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘पशुपतिप्रसाद-२ : भष्मे डन’ आजबाट रिलिज



काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद-२ : भष्मे डन’ आजबाट रिलिज भएको छ । दशैँको फूलपातीको अवसर पारेर यो चलचित्र आजबाट रिलिज भएको हो ।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, लोकेन्द्र लेखकलगायत कलाकार मुख्य भूमिकामा छन् । खगेन्द्र लामिछाने र वर्षा शिवाकोटी पनि सिनेमाको विशेष भूमिकामा छन् ।

नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत हलहरूमा यसको आक्रामक बुकिङ देखिएको छ । अधिकांश शोज शोल्डआउट हुने क्रममा रहेको अनलाइन बुकिङले देखाएको छ । “कतिपय शोज शोल्डआउट आएका छन् । सोल्डआउट हुन बाँकी रहेका शोज पनि टिकटको डोरसेलबाट भरिनेछ,” निर्देशक खनालले भने, “अधिकांश सहरमा केही शो बुकिङ खुल्नबित्तिकै शोल्डआउट भएका थिए । आक्रामक बुकिङले हामीलाई थप उत्साहप्रदान गरेको छ ।”

क्यूएफएक्सले ‘पशुपतिप्रसाद-२ : भष्मे डन’लाई काठमाडौं उपत्यकामा ३३ शोज उपलब्ध गराएको छ । काठमाडौं बाहिर ३७ शोज दिएको छ । बुकिङ खोल्दा क्यूएफएक्सले ‘पशुपतिप्रसाद-२ : भष्मे डन’लाई काठमाडौं उपत्यकामा २६ शोज उपलब्ध गराएको छ । काठमाडौं बाहिर ३६ शोज दिएको थियो । बुकिङ बढ्दै जाँदा शोज थपिँदै गएको छ ।

“शोज थपिनेक्रम पनि बढेको छ । आक्रामक बुकिङका कारण शोज थपिँदैछन्,” दीपेन्द्रले भने, “इनक्वाइरी बढिरहेका बेला शोज अझै थपिनेछ ।” मल्टिप्लेक्स र सिंगल स्क्रिन गरेर ३०० भन्दा बढी शोज पाएको चलचित्र नेपालबाहिरका अधिकांश देशमा एकसाथ रिलिज हुँदै छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ७ : ३४ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र