२१ भदौ २०८३, आइतबार | September 6, 2026

हराउँदै घर लिप्ने परम्परा



सुर्खेत । बडादशैँ प्रत्येकको घरघरमा प्रवेश गरिसकेको छ । बडादशैँलाई नेपालीले विशेष महत्त्व दिएर मनाउँछौँ । परदेसिएका आफन्तहरू पनि दशैँको मौका पारेर घर फर्किने गर्दछन् ।

दशैँमा घर लिपपोत गरी चिटिक्क पार्नु महत्त्वपूर्ण मानिन्छ। रातो माटो र कमेरोले घर लिप्दा घर पनि कम्ता आकर्षक देखिँदैनन् । रातो माटो र कमेरोले लिपेपछि मात्र गाउँघरमा दशैँ आएको अनुभूति हुन्थ्यो । पछिल्लो समय भने रातोमाटो र कमेरोले घर लिप्ने चलन विस्तारै लोप हुँदै जान थालेको छ ।

आधुनिकताले परम्परागत घर विस्थापित हुँदै जाँदा रातो माटो र कमेरोले घर पोतिन छाडेका छन् । गाउँमा खर र ढुंगे घर हराउँदै जाँदा घर पोत्ने परम्परा पनि हराउँदै जान थालेको बनगाड कुपिण्डे नगरपालिका–३ की सुशीला पुनले बताइन् ।

उनले भनिन्, ‘पहिले सबै घर रातो माटो र कमेरोले लिप्ने चलन थियो तर आजभोलि पक्की घर बन्न थालेपछि अरू रङ लगाउने चलन छ ।’ आफ्नो घर ढुंगामाटोको भएकाले अहिले पनि घर लिप्दै आइरहेको उनको भनाइ छ ।

पहिले घर लिप्ने माटो ल्याउन गाउँभरका सबै एकैपटक जाँदा रमाइलो पनि हुन्थ्यो र सुखदुःखका कुरा साटासाट पनि हुन्थे तर आजभोलि पक्की घर बन्न थालेपछि गाउँघरका जम्मा भएर सुखदुःख साटासाट गर्ने संस्कार पनि हराएको देवबहादुर विकको भनाइ छ ।

गाउँमा ढुंगा, माटो र खरले बनेका घर विस्तारै हराउँदै जान थालेका छन् । अचेल फलाम, जस्तापाता र सिमेन्टका घर बन्न थालेपछि बजारबाटै आउने रङ प्रयोग हुँदा परम्परागत मौलिकता पनि हराउँदै जान थालेको उनले बताए ।

सरकारले फुसका छाना हटाउने अभियान चलाउँदा पनि परम्परागत मौलिकता हराउँदै जान थालेको स्थानीयको भनाइ छ । अहिले बजार कुन हो गाउँ कुन छुट्याउन पनि गाह्रो हुने गरेको सुमित्रा बिसीको भनाइ छ ।

बजारमा पनि ठूला ठूला पक्की घर छन् । गाउँघरमा पनि विस्तारै पक्की घर बन्दै जाँदा शहर र गाउँबीचको दूरी पनि हट्दै गएको अनुभूति हुने गरेको उनले बताइन् ।

उनले भनिन्, ‘पहिले आफ्नो घर राम्रो देखाउन टाढा टाढाबाट रातो माटो, कमेरो बोकेर ल्याइन्थ्यो । भित्र बाहिर लिपेर चिटिक्क पारिन्थ्यो तर आजभोलि बजारबाट रङ ल्यायो लिप्यो ।’

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : ४३ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा