४ पुस २०८२, शुक्रबार | December 19, 2025

‘आयुर्वेद उपचार सेवा विस्तार गर्न आवश्यक छ’



गण्डकी । बागलुङको बागलुङ नगरपालिका-६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार आयुर्वेद अस्पतालको शनिबार शिलान्यास गर्दै अस्पतालको भवनको पहिलो तला निर्माणका लागि रु ३८ लाख सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने जानकारी दिए । “अस्पतालको भवनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तोकेको मापदण्ड छ, सोहीअनुसार पहिलो तलाका लागि चाहिने बजेट यही वर्ष हामी उपलब्ध गराउँछौँ”, उनले भने, “पूर्वाधारसँगै अस्पतालको सेवा सञ्चालनमा सरकारको सहयोग रहन्छ ।”

मन्त्री बस्नेतले नेपालमा आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्नेमा जोड दिए । “हामीसँग अथाह जडीबुटी छ, पछिल्लो समय विकास भइरहेको खर्चिलो उपचारको सट्टा आयुर्वेद पद्धतिको विकास गर्न आवश्यक छ”, मन्त्री बस्नेत भने, “आयुर्वेदको विकासका लागि सरकारले जे-जति गर्नुपथ्र्यो अझै हुन सकिरहेको छैन ।”

उनले पञ्चकोटमा आयोजित श्री विश्वशान्ति गण्डकी महाशभाको २२ औँ शृङ्खलाको शुभारम्भसमेत गरेका थिए । सो अवसरमा मन्त्रीसमक्ष आगामी फागुनमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० बारे जानकारी गराइएको पञ्चकोट विकास समितिका सचिव नारायण आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : २८ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ