२४ भदौ २०८३, बुधबार | September 10, 2026

बुटवलमा एक हजार सवारी साधानमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान



बुटवल । बुटवलमा सवारी साधनको अभिलेख केन्द्रिकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’ जडान थालिएको वर्षदिन बितिसकेको छ तर यहाँका सवारीधनीमा यसप्रति खासै रुची नभएको देखिएको छ ।

सरकारले २०७४ भदौ देखि केन्द्रमा सुरु गरेको ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बुटवलस्थित यातायात कार्यालयमा गत वर्षदेखि लागू भएको हो । हालसम्म एक हजार ५२ वटा सवारी साधनमा मात्रै ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरिएको छ ।

यातायात कार्यालय बुटवलका अनुसार र हालसम्म पाँचसय १५ सरकारी मोटरसाइकल र एकसय ४६ वटा चारपाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । दुई सय ५६ वटा निजी मोटरसाइकल र एक सय १२ वटा चारपाङ्ग्रे सवारी, आठ वटा ट्याक्टर, भाडाका पाँच र दश वटा भारी सवारी साधनले ‘इम्बोस्ड नम्बर प्लेट’ लिएका छन् ।

केन्द्रीय यातायात व्यवस्था विभागले सबै प्रदेशमा एकैपटक बोलपत्र आह्वान गरेर नम्बर प्लेट जडान गर्न कर्मचारी खटाएको छ । यातायात कार्यालय बुटवलका प्रमुख लक्ष्मण लम्सालले ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बापतको राजश्व पनि विभागको खातामा दाखिला हुने गरेको बताए । निजी सवारी साधानलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएकाले यसप्रति खासै रुची नभएको उनको बुझाइ छ ।

‘इम्बोस्ड नम्बर प्लेट’ राख्न मोटरसाइकललाई रु दुईहजार पाँच सय, तीन पाङ्ग्रे सवारीलाई रु दुईहजार नौ सय, चारपाङ्ग्रे सवारीलाई रु तीन हजार दुईसय र हेभी सवारीलाई रु तीन हजार ६ सय राजश्व तोकिएको छ । एघार जना कर्मचारीले ‘इम्बोस्ड नम्बर प्लेट’सम्बन्धी सेवा प्रवाह गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ८ : ३३ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको