२० असार २०८३, शनिबार | July 4, 2026

पहिला दुर्गा विसर्जन, त्यसपछि मात्र टीका



काठमाडौं । बडादसैंको दिन मान्यजनको हातबाट टीका थाप्ने विषयमा सबै जानकार रहेपनि टीका थाप्नु अघि अपनाउनुपर्ने बिधिका विषयमा धेरैलाई थाहा नहुन सक्छ । टीका थाप्नु अघि घटस्थापना देखि दशमीको तिथीसम्म बिभिन्न बिधि अपनाउनुपर्ने जानकारहरुले बताउने गरेका छन् ।

घटस्थापनादेखि आरम्भ हुने् दर्सैको प्रक्रिया दशमीको दिन टीका लगाई सम्पन्न हुने गर्दछ । घटस्थापनादेखि दशमीसम्म दुर्गा भवानीको बिभिन्न स्वरुपहरुको नित्य पूजा गरिन्छ । शुरुमा घटस्थापना गरिन्छ, सप्तमीका दिन विभिन्न प्रकारका वनस्पती र फलफूलहरु सहित फूलपाती भित्र्याइन्छ । नवदुर्गाको पूजा हुन्छ, हातहतियार अनि यन्त्रहरुको पूजा गरिन्छ । महानवमीका दिन हवन गरिन्छ ।

विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गरेपछि दशैंका दिन नित्य पूजा गरेर आरती पुष्पाञ्जली गरेर दुर्गा विसर्जन गर्नुपर्ने पाञ्चाङ्ग समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई बताउँछन् । भट्टराईका अनुसार दुर्गा विसर्जन पश्चात कलश उठाएर त्यहाँको जल घरका विभिन्न ठाउँमा छर्ने र शान्ति, प्रगति र उन्नतीको कामना गरिन्छ ।

दुर्गा विसर्जन गरेपछि मात्र टीकाको क्रम शुरु हुने भट्टराईले बताए । उनका अनुसार सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउनु पर्दछ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने पनि परम्परा रहेको छ । त्यसपछि मान्यजनबाट टीका लगाउनने गरिन्छ ।

दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । दैलामाथि टीका लगाउने गरिन्छ । हाम्रो घरपरिवारमा गुरुपुरोहित स्थापना गरेको भए गुरुपुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन छ । त्यसपछि मात्र अन्य मान्यजनबाट टीका लगाउने चलन छ ।

कता फर्किएर टीका लगाउने ?

परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । सामान्यतयाः पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो । दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन ।

सामान्यतया दसैंको टीकाका लागि साइत हेर्न नपर्ने भएपनि साइत नै खोजेर उपयुक्त समयमा टीका लगाऊँ भन्नेका लागि यस वर्ष पाञ्चाङ्ग निर्णायक समितिले ११ बजेर २ मिनेटमा उपयुक्त समय निकालेको छ ।

बिहान घाम झुल्केपछि विधिविधानपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका मान्यजनको टीका थाप्न जान कुनै बाधा नपर्ने प्रा.डा. भट्टराईले बताए । उनले टीकाको साइतको दुविधा नपाले हुने बताएका छन् ।

 

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ८ : ४८ बजे

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार