१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एसीसी यू-१९ प्रिमियर : उपाधिका लागि आज नेपाल युएईसँग खेल्दै



काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ मेन्स प्रिमियर कपको उपाधिका लागि आज नेपाल युएईसँग खेल्दै छ ।

सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस नियम अनुसार १४३ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो । उता, युएईले पनि सिंगापुरलाई सोही नियम अनुसार १० विकेटले पराजित गरेको थियो । पानी परेपछि उक्त नियम लगाइएको थियो ।

जारी प्रतियोगिताको फाइनलमा पुगेसँगै एसिया कप यू-१९ मा भने दुवै टिमले स्थान पक्का गरिसकेका छन् । आजको विजेताले ट्रफी जित्ने छ । नेपाली टिम अहिले यू-१९ विश्वकपमा छनोट भएकाले यो प्रतियोगिता अभ्यासका रुपमा उत्कृष्ट रहेको छ ।

जारी प्रतियोगितामा नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । नेपालका कप्तान देब खनाल, अर्जुन कुमालको प्रदर्शन उत्कृष्ट रहेको छ । यस्तै, युएईविरुद्ध विश्वकप छनोटको खेलमा नेपालले ७ रनको जित निकालेको थियो ।

त्यतिबेला दीपेश कँडेलले लगातार ३ विकेट लिएर नेपाललाई विश्वकपको टिकट कटाएका थिए । त्यतिबेलाको बदला लिन पनि युएईले जित्न निकै प्रयास गर्ने भएकाले फाइनल खेल साँच्चै फाइनलजस्तै हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ५ : ४६ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा