६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

यू-१९ प्रिमियर कप फाइनल : नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य



काठमाडौं । कप्तान देव खनालको शतकप्रेरित नेपालले एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार मलेसियाको क्वालालम्पुरस्थित बयुमास ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८० रनको योगफल खडा गर्यो ।

नेपालका कप्तान देवले १०० रन बनाए । उनले ९२ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । १४-२ को अवस्थामा रहँदा ब्याटिङमा आएका देवले तेस्रो विकेटक लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । अर्जुनले ७८ बलमा चार चौकासहित ५५ रन बनाए । उत्तम मगरले ५७ रन थपे । दीपक डुम्रेले २७ रन जोडे ।

यूएईका हरित सेट्ठीले चार विकेट लिए । अयान अफ्जल खान र अम्मर बडामीले समान एक विकेट लिए । अपराजित रहँदै फाइनलमा पुगेको नेपाल यूएईविरुद्ध पनि सोही लयलाई कायमा राख्ने लक्ष्यमा छ ।

समूह ‘ए’ मा रहेको नेपालले समूह चरणका तीनै खेलमा सहज जित निकालेको थियो । देव खनालको कप्तानीमा रहेको नेपालले इरानलाई २७४, बहराइनलाई सात विकेट र साउदी अरेबियालाई ३०२ रनले पराजित गर्दै विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । वर्षा बाधक बनेको सेफिाइनलमा जापानलाई डकवर्थ लुइस (डीएलस) पद्धतिको आधारमा १४३ रनले हराउँदै नेपालले फाइनलको टिकट पक्का गरिसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १० : ३६ बजे

नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

काठमाडौं । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको

झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती

स्याङ्जा । स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै

मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

बागलुङ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार

परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प

झापा । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला