३१ बैशाख २०८१, सोमबार | May 14, 2024

एसीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपालले पहिलो पाकिस्तानसँग खेल्ने



काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरिएको तालिकाअनुुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

आउँदो २२ मंसिरमा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने नेपालले समूह ए मा रहेका भारत र अफगानिस्तानसँग पनि खेल्नेछ । जसअनुसार नेपालले २४ मंसिरमा अफगानिस्तान र २६ मंसिरमा भारतसँग खेल्नेछ ।

आउँदो २२ मंसिरदेखि युनाइटेड अरब इमिरेट्स ९यूएई०मा हुने प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम यूएई छन् । प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल २९ मंसिरमा र फाइनल १ पुसमा हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ३ : २८ बजे

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक