४ पुस २०८२, शुक्रबार | December 20, 2025

यू-१९ प्रिमियर कप फाइनल : नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य



काठमाडौं । कप्तान देव खनालको शतकप्रेरित नेपालले एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार मलेसियाको क्वालालम्पुरस्थित बयुमास ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८० रनको योगफल खडा गर्यो ।

नेपालका कप्तान देवले १०० रन बनाए । उनले ९२ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । १४-२ को अवस्थामा रहँदा ब्याटिङमा आएका देवले तेस्रो विकेटक लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । अर्जुनले ७८ बलमा चार चौकासहित ५५ रन बनाए । उत्तम मगरले ५७ रन थपे । दीपक डुम्रेले २७ रन जोडे ।

यूएईका हरित सेट्ठीले चार विकेट लिए । अयान अफ्जल खान र अम्मर बडामीले समान एक विकेट लिए । अपराजित रहँदै फाइनलमा पुगेको नेपाल यूएईविरुद्ध पनि सोही लयलाई कायमा राख्ने लक्ष्यमा छ ।

समूह ‘ए’ मा रहेको नेपालले समूह चरणका तीनै खेलमा सहज जित निकालेको थियो । देव खनालको कप्तानीमा रहेको नेपालले इरानलाई २७४, बहराइनलाई सात विकेट र साउदी अरेबियालाई ३०२ रनले पराजित गर्दै विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । वर्षा बाधक बनेको सेफिाइनलमा जापानलाई डकवर्थ लुइस (डीएलस) पद्धतिको आधारमा १४३ रनले हराउँदै नेपालले फाइनलको टिकट पक्का गरिसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १० : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको