२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

११ बजेर २ मिनेटको शुभसाइतमा लगाइयो दसैंको टीका



काठमाडौं । यस वर्षको बडा दसैंको टीका शुभसाइतमा लगाइएको छ ।

नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको हो । रातो टीकालाई शुभ साइतको प्रतीक मानिन्छ । बिहान ११ बजेर २ मिनेट जाँदा घरघरमा आफन्तजनको हातबाट टीका लगाइएको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइएको हो । आजबाट सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । देवी विसर्जन पछि ११ बजेर २ मिनेटको साइतमा टीका ग्रहण उत्तम रहेको समितिले जनाएको थियो । सोही अनुसार शुभसाइतमा टीका ग्रहण गरिएको हो ।

टीका लगाउँदा मान्यजनले आशिर्वाद दिने चलन रहेको हुन्छ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १२ : ११ बजे

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव

विश्वकप क्रिकेट खेल्ने विद्यार्थीलाई फिनिक्स कलेजले गर्यो सम्मान

काठमाडौ । विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजले सम्मान गरेको