८ जेष्ठ २०८१, मंगलबार | May 22, 2024

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन



काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ ।

अचानक भएको हृदयघातका कारण ६८ वर्षीय लीको निधन भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्य तथा पूर्व प्रधानमन्त्री ली शुक्रबार सांघाईमा निधन भएको छ। लीले सत्तारुढ कम्युनिष्ट पार्टीमा लामो सेवा गरेका थिए । महासचिव सी चिनफिङ पछि देशको दोस्रो श्रेणीको नेताको रूपमा उनले एक दशक काम गरेका छ ।

सिन्ह्वाका अनुसार लीले हालै सांघाईमा आराम गरिरहेका थिए । उनलाई बिहीबार अचानक अचानक हृदयघात भएपछि तत्कालै अस्पताल लगिएको थियो । सबैखाले उपचारका उपायहरु असफल भएपछि गए राति १२ बजेर १० मिनेटमा उनको निधन भएको सिन्ह्वाले जनाएको छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ६ : ५४ बजे

नन्दिनी गौशालालाई बुटवल १० का वडाबासीको तर्फबाट अहार बिहार प्रदान

बुटवल । छाडा चौपाया नियन्त्रण र गौशालाको व्यवस्थापन एकैपटक गरिएपछि

नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको सय वर्ष पूरा : बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

काठमाडौं । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक

समानीकरण अनुदान कटौती हुँदैन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई

बस्ती पसेको बाघ नियन्त्रणमा

चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ ।