९ श्रावण २०८३, शनिबार | July 25, 2026

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन



काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ ।

अचानक भएको हृदयघातका कारण ६८ वर्षीय लीको निधन भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्य तथा पूर्व प्रधानमन्त्री ली शुक्रबार सांघाईमा निधन भएको छ। लीले सत्तारुढ कम्युनिष्ट पार्टीमा लामो सेवा गरेका थिए । महासचिव सी चिनफिङ पछि देशको दोस्रो श्रेणीको नेताको रूपमा उनले एक दशक काम गरेका छ ।

सिन्ह्वाका अनुसार लीले हालै सांघाईमा आराम गरिरहेका थिए । उनलाई बिहीबार अचानक अचानक हृदयघात भएपछि तत्कालै अस्पताल लगिएको थियो । सबैखाले उपचारका उपायहरु असफल भएपछि गए राति १२ बजेर १० मिनेटमा उनको निधन भएको सिन्ह्वाले जनाएको छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ६ : ५४ बजे

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक