२४ भदौ २०८३, बुधबार | September 10, 2026

एमालेको चियापान एक दिन पर धकेलियो



काठमाडौं । नेकपा एमालेले आयोजना गर्ने चियापान पूर्व निर्धारित िित भन्दा एक दिन पर सरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एमालेले आफनो चियापान एक दिन पर सारेको हो । उक्त चियापान कार्यक्रम १४ गतेका लागि तय गरिएको थियो ।

एमालेका कार्यालय सचिव भिष्म अधिकारीका अनुसार अब सो चियापान कात्तिक १५ गते मात्रै हुनेछ ।

‘नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा १४ कात्तिक २०८० मा शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको यहाँहरुलाई अवगत नै छ,’ उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे १५ कात्तिक २०८० मा आयोजना गर्ने निर्णय भएको छ ।’

उनका अनुसार सो चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठिक १२ः १५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ९ : ३६ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको