१० माघ २०८२, शनिबार | January 24, 2026

थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किँदा नेपालगन्जका बाल्मिकीको मृत्यु



नेपालगन्ज । नेपालगन्जमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । सडक किनारमा रोकेर राखिएको धानको थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा घाइते भएका नेपालगन्ज् –८, त्रिभुवन चोकका ४० वर्षीय विनोदकुमार बाल्मिकीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका २० राँझास्थित सडक किनारमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्रयाक्टरमा जडान गरेको धानको थ्रेशर मेसिनमा बिहीबार राति बाल्मिकीले चलाएको भे ९ प ६०१ नम्बरको मोटरसाइकल ठोक्किदा उनी घाइते भएका थिए ।

ठोक्किएर गम्भीर घाइते भएका बाल्मिकीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सडकमा ट्र्याक्टर रोकेर राख्ने चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ३ : ४० बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको

नागरिक आवास कार्यक्रमका लागि रकम कटौति

भोजपुर । सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले

सुदूर पहाडमा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको