९ श्रावण २०८३, शनिबार | July 25, 2026

गाजाबाट रिर्पोटिङ गर्ने पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न सकिन्न : इजरायल



तेलअबिब। इजरायलले गाजा क्षेत्रवाट रिपोर्टिङ गर्ने पत्रकारको सुरूक्षाको ग्यारेन्टी गर्न नसकिने जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले गाजाबाट रिपोर्टिङ गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई इजरायलले सो धारणा प्रस्ट रुपमा राखेको रोयटर्सले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू रोयटर्स र एजेन्सी फ्रान्स प्रेस (एएफपी)ले यस हप्ता इजरायली सेनालाई गाजाको युद्धभुमिमा रहेका उनीहरूका पत्रकारहरूलाई इजरायली हवाई हमलाले निशाना बनाइने छैन भन्ने आश्वासन दिएका थिए ।

तर, अहिले आईडीएफले दुबै एजेन्सीहरूलाई लेखेको पत्रको जवाफ दिदै भनेको छ उनीहरू गाजाभरि हमासका सबै सैन्य गतिविधिलाई लक्षित गर्दैछन् । यस परिस्थितिहरूमा पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न सक्दैनन् । उनीहरूलाईे हमास माथीको प्रतिवादलाई कडा रूपमा लिनसमेत इजरायलले आग्रह गरेको छ ।

उनीहरूको सुरक्षाको लागि आवश्यक सबै उपायहरू अपनाइने भए पनि अवस्था ठिक नभएको बुझिदिन इजरायलले आग्रह गरेको छ ।

इजरायलको सो पत्रमा हमासले जानाजानी सैन्य कारबाहीलाई पत्रकार र सर्वसाधारणको नजिकमा राखेको पनि रोयटर्सले जनाएको छ । तर, आईडीएफद्वारा लगाइएका यी आरोपहरू साँचो हो कि भनेर सोध्दा हमासले तुरुन्तै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ ।

रोयटर्स र एएफपी दुबैले गाजामा पत्रकारहरूको सुरक्षामा चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ११ : ०६ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा