७ श्रावण २०८३, बिहिबार | July 23, 2026

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस मंगलबार लुम्बिनी आउँदै



बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार लुम्बिनी आउने भएका छन् । आइतबार राति काठमाडौं आइपुग्ने महासचिव गुटेरेस कात्तिक १४ गते मंगलबार गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी भ्रमण गर्ने राष्ट्रसंघको छैठौं महासचिवकारुपमा रहेका महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारी गरेको लुम्बिनी विकास कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए । राईका अनुसार मंगलबार बिहान ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस सहभागी औपचारिक कार्यक्रम हुनेछ भने त्यहां उपस्थित सञ्चारकर्मीसंग गुटेरेसले आफ्ना भनाइ राख्नेछन्  ।

महासचिव गुटेरेससंग लुम्बिनीको विकासमा सहयोगका लागि अपिल गरिने कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए ।

लुम्बिनीको गुरुयोजना नै संयुक्त राष्ट्रसंघको पहलमा तयार भएको हो । जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको आग्रहमा लुम्बिनी गुरुयोजना तयार गरेका थिए । लुम्बिनी गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवर्द्धनको लागि अन्तर्राष्ट्रिय स्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसंघकै भूमिका रहेको छ । सन् १९६७ को अप्रिलमा राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनीको भ्रमण गरेका थिए ।

राष्ट्रसंघको महासचिवका रुपमा ड्याग हयामरकोल्ड, ऊ थान्त, ज्याभियर पेरिज डि कुइलर, कर्ट वाइल्डहाईम र बानकी मुनले यसअघि लुम्बिनीको भ्रमण गरेका छन् ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना ४५ वर्ष बितिसक्दा समेत अधुरो रहेको छ । अहिले सम्म ८५ प्रतिशत मात्रै काम सम्पन्न भएको कोषले जनाएको छ ।

विश्वका शान्तिप्रेमी र बौद्धमार्गीको पवित्र थलो भएकाले सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरिएको थियो ।

राष्ट्रसंघको टोलीले १० डिसेम्बर १९६७ देखि ९ जनवरी १९६८ सम्म लुम्बिनी विकासका पूर्वाधारहरू यातायात, पिउने पानी, विद्युत्, आवास आदिबारे विशेष परामर्श दिएको थियो । महासचिव गुटेरस लुम्बिनीपछि पोखरा र अन्नपूर्ण आधार शिविरमा पनि जाने कार्यक्रम छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : २९ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी