६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

भरुवा बन्दुक देखाई घरपरिवार र छिमेकी तर्साउने राहुलसिंह सरदार प्रहरी नियन्त्रणमा



नेपालगन्ज । गैरकानुनी भरुवा बन्दुक देखाएर घरपरिवार र छिमेकीलाई डरत्रास देखाउने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके डुडुवा-६ सिखनपुर्वाका २५ वर्षीय राहुलसिंह सरदारलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

सरदारले मादक पदार्थ सेवन गरि आफ्नै घरमा भरुवा बन्दुक देखाई घरपरिवार तथा छरछिमेकीलाई डरत्रास तथा धम्की दिई रहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले सरदारलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

पक्राउ परेका सरदारबाट एकथान भरुवा बन्दुक बरामद गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १२ : ०६ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्