६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ



धनगढी । कैलालीको धनगढीबाट दुई थान भरुवा बन्दुकसहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र धारीलो हतियार (चक्कु) सहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीले मंगलबार धनगढी उपमहानगरपालिका–१८ एफगाउँ आर्यघाटबाट भारतको लखिमपुर गुलरियाका ३२ वर्षीय रियासत अली, सोही ठाउँको ४० वर्षीय देशराज राना र धनगढी–१९ को ३९ वर्षीय गुरुप्रसाद चौधरीलाई दुई थान भरुवा बन्दुक र चक्कुसहित पक्राउ परेका जनाएको छ।

उनीहरूलाई भारतबाट नेपाल आउदै गर्दा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय, कैलालीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

उनीहरूको विषयमा थप अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ८ : २९ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्