२८ बैशाख २०८३, सोमबार | May 11, 2026

भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ



धनगढी । कैलालीको धनगढीबाट दुई थान भरुवा बन्दुकसहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र धारीलो हतियार (चक्कु) सहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीले मंगलबार धनगढी उपमहानगरपालिका–१८ एफगाउँ आर्यघाटबाट भारतको लखिमपुर गुलरियाका ३२ वर्षीय रियासत अली, सोही ठाउँको ४० वर्षीय देशराज राना र धनगढी–१९ को ३९ वर्षीय गुरुप्रसाद चौधरीलाई दुई थान भरुवा बन्दुक र चक्कुसहित पक्राउ परेका जनाएको छ।

उनीहरूलाई भारतबाट नेपाल आउदै गर्दा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय, कैलालीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

उनीहरूको विषयमा थप अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ८ : २९ बजे

इरान युद्धबाट अमेरिकाले सिकेका पाठ चीनका लागि पनि महत्वपूर्ण

इरानमा युद्ध तेस्रो महिनामा प्रवेश गरिरहँदा यसले चीनलाई युद्धको परिस्थितिमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । टर्कीको इस्तानबुलबाट २७८ यात्रु बोकेर काठमाडौं आएको टर्किस

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको जहाजमा आगो देखियो, सबै यात्रुको सकुसल उद्धार

काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको