७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

हमासको आक्रमणमा इजरायलमा मृत्यु भएका थप ३ नेपाली विद्यार्थीको शव पहिचान



काठमाडौं । दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास)को आक्रमण परी ज्यान गुमाएका तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको छ ।

तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आज पहिचान भएको हो । योसँगै आठजना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुईजनाको शव पहिचानका क्रममा रहेको छ ।

इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेको दूतावासलाई जानकारी दिएको उक्त दूतावासले केहीबेर अघि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

हमासको आक्रमणमा परी घाइते भएका चारजना विद्यार्थीमध्ये दुईजनालाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ । डिस्चार्ज गरिएकामध्ये एकजना नेपाल आइसकेका र अर्का एकजना दूतावासको रेखदेखमा रहेका छन् । साथै अन्य दुईजनाको इजरायलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : २३ बजे

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री प्रचण्डद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको

कांग्रेबाट संसद बैठकमा अवरोध, १५ मिनेटकालागि बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरको छ ।

सुनको मूल्य तोलामा नौ सयले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता–चन्द्रप्रसाद ढकाल

काठमाडौं । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण