४ भदौ २०८३, बिहिबार | August 20, 2026

सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक



काठमाडौं। काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा अहिले सिंगापुर र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले विभिजत २९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५४ रन बनाएका हुन् । नेपालले १० ओभरको समाप्तिमा एक विकेट गुमाएर ९४ रन बनाएको छ । नेपालले आसिफ शेख आउट हुँदा कुशल भुर्तेल र रोहित पौडेलको साझेदारीमा ब्याटिङ गरिरहेको छ ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।

सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ११ : ५८ बजे

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

भद्रपुर । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या