२२ माघ २०८२, बिहिबार | February 5, 2026

बुटवल बसपार्कबाट देबीनगरका पेशवर पकेटमार बस्याल पक्राउ



बुटवल । बुटवल बसपार्कबाट एकजना पेशेवर पकेटमारलाई बुटवल प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक सवारीका साधन तथा सार्वजनिक थलोहरुमा लुटपाट गर्ने र पकेटमारको काम गर्ने एक पुरुषलाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवल उप(महानगरपालिका वडा नम्बर ११ प्रगतिनगर बस्ने ४६ वर्षीय प्रवेश बस्याल रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीले बस्याललाई आइतबार बेलुका बुटवल(९ नयाँ बसपार्कबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार बसपार्क क्षेत्रमा रातीको समयमा लुटपात गर्ने र सवारी साधनमा यात्रुहरुको पाकेट मार्ने गरिएको गुनासो आएपछि प्रहरीले बसपार्क क्षेत्रमा निगरानी बढाएको थियो । बस्यालले बुटवल(भैरहवा सडक खण्डमा चल्ने सार्वजनिक यातायातमा सवार गर्ने यात्रुहरुलाई लुटपाट तथा पकेटमार गर्ने गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए ।

उनलाई लुटपात तथा चोरी अभियोगमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : ०५ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं