१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नवलपरासीमा हुँदै



परासी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको पहिलो अधिवेशन पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ । आगामी कात्तिक १८ र १९ गते सुनवलमा प्रथम प्रदेश अधिवेशन गर्न लागिएको युवा संघले आज परासीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

सुनवल नगरपालिका–२ बत्रौलीस्थित रि–वर्न होटलमा आयोजना हुने पहिलो प्रदेश अधिवेशनको लागि पूर्व तयारी तीव्र रुपमा भईरहेको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश आयोजक कमिटीका संयोजक पृत्तम पौडेलले जानकारी दिए । अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ३२४ प्रतिनिधि सहभागि हुनेछन् । भोलीसम्ममा सबै जिल्लामा प्रतिनिधि छनौट भईसक्ने संयोजक पौडेलले बताए ।

अधिवेशनले ६ जना पदाधिकारीसहित ८७ सदस्यीय प्रदेश कमिटी चयन गर्ने युवा संघले जनाएको छ । अधिवेशनबाट प्रदेश अध्यक्ष १,उपाध्यक्ष १,सचिव १, सहसचिव २ र कोषाध्यक्षसहितको कमिटी चयन गर्ने संयोजक पौडेलले बताए । कात्तिक १८ गते हुने प्रदेश अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रभावशाली युवा नेता महेश बस्नेत, राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबे, महासचिव सुमन पुरी लगायतका पदाधिकारी आउने तय भएको छ भने प्रमुख अतिथि केही दिनमै टुंगो लाग्ने युवा संघले जनाएको छ ।

नवलपरासीमा हुने प्रदेश अधिवेशनलाई मध्यनजर गर्दै आजै परासीमा सचिवालय स्थापना गरिएको छ । मनमोहन स्मृत्ति भवनमा स्थापना गरिएको प्रदेश अधिवेशन सचिवालयको राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव सुमन पुरीले उद्घाटन गरे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका महासचिव पुरीले युवा संघको लुम्बिनी प्रदेश अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न हुने र नयाँ सन्देश प्रवाह हुने बताए । उनले अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन हुने विश्वास पनि व्यक्त गरे ।

मुलुकको समृद्धि नै अबको मूख्य लक्ष्य भएको बताउँदै महासचिव पुरीले राष्ट्रिय युवा संघ अब समृद्धिको अभियान लिएर नवयुवाको बीचमा जाने उल्लेख गरे । मुलुकलाई समृद्ध बनाउने सक्ने एकमात्र पार्टी एमाले रहेको बताउँदै महासचिव पुरीले युवा संघको अधिवेशन पश्चात एमालेलाई पहिलो पार्टी बनाउने अभियान अगाडि बढाउने बताए । उनले जनसरोकारका विषयलाई युवा संघले बुलन्द रुपमा उठाउँदै आएको दाबी गरे ।

अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको युवा संघ लुम्बिनी प्रदेश आयोजक कमिटी सहसंयोजक सुरज खरेलले बताए । उनका अनुसार ११३ सदस्यीय आयोजक कमिटीका स्वतः प्रतिनिधि हुनेछन् भने १०९ पालिका र जिल्ला कमिटीबाट २११ गरि ३२४ प्रतिनिधिसहित पर्यवेक्षक तथा अतिथि गरि साढे तीन सय बढीले अधिवेशनमा सहभागिता जनाउनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ७ : ०२ बजे

जनकपुर-जयनगर रेल अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान

ब्रोड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन, उद्धार अभियान तीव्र

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो