१८ माघ २०८२, आइतबार | February 1, 2026

मन्त्री साउद र सिनेटर होलेनबीच भेटघाट



वासिङ्टन डिसी । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार यहाँ भेटघाट भएको छ ।

भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो । साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । सिनेटर होलेनले गत सेप्टेम्बर महिनामा नेपालको भ्रमण गरेका थिए ।

अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस (टीपीएस) मार्फत स्थायी बसोबासका लागिसमेत बिल तयार पारेका, मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन ।

सिनेटर होलेनसँगको भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, उपनियोग प्रमुख कुमार खरेललगायत उपस्थित थियो । मन्त्री साउद हाल अमेरिकाको औपचारिक भ्रमणमा छन ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ८ : १२ बजे

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४